रा.स्व.पा.ले संविधान संशोधनबारे धारणा तय गर्ने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले संविधान संशोधनबारे दलको धारणा तय गर्ने भएको छ ।
शनिबारबाट काठमाडौंमा शुरु भएको केन्द्रीय समितिको बैठकले संविधान संशोधनबारे दलको धारणा तय गर्ने नेता गणेश पराजुलीले जानकारी दिए ।
आइतवारसम्म सञ्चालन हुने बैठकमा राजनीतिक घटनाक्रम, समसामयिक विषय लगायतका विषयमा पनि छलफल भइरहेको छ । साथै पार्टी सभापति रवि लामिछानेमाथी राजनीतिक दलहरुबाट प्रतिशोध साँधिएको बारेमा पनि छलफल हुने पराजुलीले बताए ।
बैठकमा जनपक्षीय मुद्दालाई सशक्त रुपमा अघि बढाउने, संगठनको भावी रणनीति, संगठन सबलीकरण लगायतका बिषयमा पनि छलफल हुने जनाएको छ ।
प्रतिक्रिया