साफ यू–१९ च्याम्पियनसिप आजवाट सुरु हुँदै, नेपालल पाकिस्तानसँग खेल्ने
साफ यू–१९ च्याम्पियनसिप काठमाडौंको दशरथ रंगशालामा आज सुरु हुँदैछ । प्रतियोगिताअन्तर्गत घरेलु टोली नेपालले पहिलो खेल साँझ साढे ५ बजे पाकिस्तानसँग खेल्दैछ । त्यसअघि दिउँसो साढे १ बजे हुने उद्घाटन खेलमा भारत र बंगलादेश प्रतिस्पर्धा गर्नेछन् । घरेलु टोली नेपालले यो पटक उपाधि जित्ने लक्ष्य राखेको छ । तर नेपालका लागि भारत मुख्य चुनौती हुने देखिन्छ । यसअघि यू–२० र यू–१८ फरम्याटमा भएको प्रतियोगितामा नेपाल र भारत समान २–२ पटक च्याम्पियन बनेका छन । ेपाल सन् २०१५ मा घरेलु मैदानमा भएको पहिलो संस्करण र सन् २०१७ मा च्याम्पियन बनेको थियो । प्रतियोगिता असोज १३ गतेसम्म काठमाडौंको दशरथ रंगशालामा चल्नेछ । प्रतियोगिताको समुह ए मा नेपाल, पाकिस्तान र माल्दिभ्स रहेका छन् । त्यस्तै समुह बी मा भारत, भुटान र बंगलादेश रहेका छन् । लिगकम नकआउटको आधारमा प्रतियोगिता १३ गतेसम्म दशरथ रंगशालामा सञ्चालन हुनेछ । समूहका शीर्ष दुई टिम सेमिफाइनल प्रवेश गर्नेछन् ।
प्रतिक्रिया