अनुशासित ढङ्गले सङ्गठन विस्तारमा लाग्न आग्रह

काठमाडौं । नेपाल कम्युनष्टि पार्टी एमालेका उपमहासचिव एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बी सुब्बा गुरुङले अनुशासित ढङ्गले पार्टीको सङ्गठन विस्तारमा लाग्न कार्यकर्तालाई आग्रह गरेका छन् । सुदुरपश्चिममा मनाइने ‘भुवो’ पर्वका अवसरमा एमाले बझाङ–काठमाडौँ सम्पर्क मञ्चले यहाँ आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा पार्टीको सङ्गठनलाई अझ सशक्त बनाउन आवश्यक भएको बताउँदै कार्यकर्तालाई सोहीअनुरुप काम गर्न अनुरोध गरे ।

“पार्टीलाई अझै प्रभावकारी र अनुशासित बनाउनुपर्ने छ, बेलैमा पार्टीभित्रको अनुशासन कायम गर्न सकिएन भने दक्षिणपन्थी अवसरबाद र सङ्गठनात्मक अराजकता मौलाउने छ”, उनले भने  । त्यसअवसरमा एमाले सचिव लेखराज भट्टलले बझाङलगायतका जिल्लामा मनाइने ‘भुवी’ पर्व पछिल्लो समयमा लोप हुँदै गएको उल्लेख गर्र्दै त्यसको संरक्षण र उजागर गर्नका लागि सबै लाग्नुपर्ने धारणा व्यक्त गरे ।
 

प्रतिक्रिया