शिक्षा विधेयकमा कतिपय विषय सकारात्मक रहेको छ, केही विषय छुटेको छः शिक्षाविद् कोइराला
काठमाडौ । सरोकारवालाहरुले विद्यालय शिक्षा विधेयक ल्याउँदा समन्वय नगरेको भन्दै असन्तुष्टी जनाएका छन् । संविधान जारी भएको आठ वर्षपछि विधेयक संसदमा दर्ता भएपनि विधेयक ल्याउँदा समन्वय नगरेकोमा असन्तुष्टि जनाएका हुन् । शिक्षाविद् डा.विद्यानाथ कोईरालाले विधेयकमा कतिपय विषय सकारात्मक रहेको र केही विषय छुटेको बताए ।
अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारी संविधान जारी भएको आठ वर्षपछि विधेयक आएपनि ल्याउने प्रकृया गलत भएको बताए । संसदीय समितिमा सरोकारवालालाई छलफलका लागि बोलाउनुपर्ने उनको भनाइ छ । नेपाल शिक्षक महासंघका सहसचिव प्रताप ताम्राकारले सरकारले ल्याएको शिक्षा विधेयक शिक्षक, विद्यार्थी र अभिभावकको हकहित विपरित रहेको बताए । सरकारले विधेयक ल्याएको भन्दै सरकारले निकास नदिँदासम्म आन्दोलन जारी रहने उनको भनाइ छ । सरोकारवालाले अस्थायी प्रकृतिका शिक्षकहरुको स्थायित्व, विद्यालय कर्मचारीको दरबन्दी सृजना, विद्यालय संरचनाबाहिर रहेका बाल कक्षा शिक्षक, अस्थायी अवधि गणना तथा निवृत्तिभरण, शिक्षक बढुवा, प्रधानाध्यापक नियुक्ति, सरुवा र कार्यसम्पादन मूल्यांकन लगायतका विषयमा सम्बोधन नभएकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।
प्रतिक्रिया