नेपाली कांग्रेसका नेता कोइरालाले बेलायतको संसद वेस्ट मिनिस्टरमा संबोधन गर्ने
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बेलायतको संसद(वेस्ट मिनिस्टर) मा संबोधन गर्ने भएका छन् । उनले यही १३ जनवरी २०२५ का दिन संसद भवन भित्र आयोजना गरिने एक विशेष कार्यक्रममा संवोधन गर्ने भएका छन ।
संसदको त्यो कार्यक्रममा बेलायतका एशिया मामिला हेर्ने विदेश राज्यमन्त्री, उद्योग, व्यापार तथा बाणिज्य मन्त्रीका साथै वेलायती सांसदहरूको उपस्थिति रहने भएको छ ।
नेता कोइराला बेलायतको एशिया मामला हेर्ने विदेश राज्यमन्त्री क्याथराईन वेष्ट र उद्योग व्यापार बाणिज्य मन्त्री ग्यारेथ थोमसको निमन्त्रणामा यही जनवरी ९ मा त्यसतर्फ जाँदै छन् ।
वेलायतको संसद भवन भित्र यसरी त्यहाँका मन्त्री र सांसदलाई संवोधन गर्ने अवसर पाउने शेखर कोइराला पहिलो नेपाली नेता रहेका छन् ।
प्रतिक्रिया