काठमाडौं महानगरपालिकाद्धारा विद्यालय बन्द गर्ने शिक्षकलाई कारबाही गर्ने चेतावनी

काठमाडौ । काठमाडौं महानगरपालिकाले विद्यालय बन्द गर्ने शिक्षकलाई कारबाही गर्ने चेतावनी दिएको छ । नेपाल शिक्षक महासंघको नेतृत्वमा आज काठमाडौं केन्द्रित आन्दोलन भइरहेका बेला काठमाडौं महानगरले विद्यालय बन्द गरेर पठनपाठन बन्द गरेको पाइएमा प्रचलित कानुनबमोजिम शिक्षकहरुमाथि कारबाही गर्ने जनाएको हो । महानगरका शिक्षा अधिकारी सीताराम कोइरालाले विज्ञप्ती जारी गर्दै शिक्षकका पेसागत–वृत्ति विकासका लागि माग राख्ने र पूरा गर्ने विधि एवम् प्रक्रियाको माग प्रशस्त्र हुँदाहुँदै विद्यालय शान्तिक्षेत्र र प्रचलित कानुन विपरित हुने विद्यालय बन्द नगर्न अनुरोध गरेका हुन । विज्ञप्तीमा काठमाडौं महानगरपालकाभित्रका विद्यालय बन्द गरेमा वा बन्द गर्न बाध्य गरेमा वा पठनपाठन बन्द गरी विद्याथीको नियमित अध्ययन गर्न पाउने अधिकारको हनन् गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुने र यसका सम्पूर्ण जिम्मेवारी सम्बन्धित व्यक्ति नै हुने उल्लेख छ ।
 

प्रतिक्रिया