राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक शुरू

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रा.स्व.पा.) केन्द्रीय समितिको बैठक काठमाडौंमा शुरू भएको छ ।     

बैठकको पहिलो दिन आज (शनिबार) सहकारी सम्बन्धी अध्यादेश, २०८१ र संसद्मा दर्ता भएका विधेयक माथि छलफल गर्दै पार्टीको धारणा प्रस्तुत गर्ने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । 

बैठकमा रा.स्व.पा.का केन्द्रीय सदस्यहरू बीच पार्टीको सङ्गठन संरचना, समीक्षा, रणनीति, सबलीकरण र जागरण लगायत विषयमा छलफल हुँदैछ । 

आजै स्थानीय तह उपनिर्वाचनको समीक्षा गर्दै समसामयिक राजनीतिक छलफल र रिपोर्टिङ गर्ने कार्यक्रम तय भएको छ ।

बैठक आइतबार सम्म चल्ने बताएइको छ ।  

प्रतिक्रिया