सहसचिवमा १० प्रतिशत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्न आयोगको सुझाव

काठमाडौं । निजामती सेवामा माथिल्लो तहमा १० प्रतिशत र ९० प्रतिशत आन्तरिक बढुवाबाट पदपूर्ति गर्नु उपयुक्त हुने लोकसेवा आयोगले सुझाव दिएको छ ।  

सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा छलफलका क्रममा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीले सहसचिवमा १० प्रतिशत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्न सुझाव दिएका हुन् ।

उनले निजामतीमा सेवा प्रवेशमा उमेरहद समावेशीमा ३७ वर्ष र खुलामा ३२ वर्ष राख्ने विधेयकको प्रस्ताव उचित रहेको बताए । त्यस्तै अनिवार्य अवकाश ६० वर्ष कायम गर्ने व्यवस्था गर्न उनले सुझाव दिए । 

निजामती क्षेत्रमा ट्रेड युनियन पनि एउटामात्रै आधिकारिक रूपमा राख्नुपर्ने उनले बताए । त्यस्तै आयोगले स्थानीय तह र प्रदेशको प्रमुख प्रशासकीय अधिकृत र प्रदेश सचिव पनि संघ मातहत नै हुनुपर्ने सुझाव दिएको छ ।

प्रतिक्रिया