सूर्यविनायक–रत्नपार्क द्रुत बस सेवा शुरु
सरकारले काठमाडौं उपत्यकामा द्रुत बस सेवा शुरु गरेको छ । संविधान दिवसको अवसर पारेर आज काठमाडौंको रत्नपार्कस्थित शान्तिबाटिकामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले द्रुत बस सेवाको उद्घाटन गरेका हुन । द्रुत बस सेवा सूर्यविनायक–रत्नपार्क चल्नेछ ।
सो क्रममा मन्त्री प्रकाश ज्वालाले द्रुत बस सेवा रत्नपार्क–सूर्यविनायकसम्म मात्रै सिमित नरहने बताए । सरकारले चक्रपथ, नागढुङ्गा, क्षेत्रमा पनि बिस्तारै बिस्तार गर्दै लैजाने प्रतिवद्धता उनको छ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले महासंघले सार्वजनिक यातायातलाई छुट्टै लेनको व्यवस्था कार्यान्वयन भएकोमा खुसी प्रकट गरे ।
प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले धेरै यात्रुको चाप हुने बिहान–बेलुका दुई–दुई घण्टा द्रुत बस चल्दा यात्रुलाई पनि सहज हुने सवारी व्यवस्थापन गर्न पनि सघाउ पुग्ने विश्वास प्रकट गरे ।
उदघाटन पश्चात द्रुत सेवाका बसमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, बागमती प्रदेशका यातायातमन्त्री लक्ष्मण लम्साल, मध्यपुर थिमि र सूर्यविनायक नगर प्रमुखहरु चढेर यात्रा गरेका थिए । यात्रुहरुका लागि बिहीवारदेखि मात्रै बस सेवा सन्चालन हुनेछ । यो बसवाट ४५ मिनेटमै सुर्य विनायकसम्म पुग्न र फर्कन सकिने छ ।
प्रतिक्रिया