काठमाडौंमा नेपाल वुड, फर्निचर तथा होम टेक्सटायल अन्तर्राष्ट्रिय प्रदर्शनी हुँदै

काठमाडौं । माघको पहिलो साता काठमाडौंको भृकुटीमण्डपमा नेपाल उड, फर्निचर तथा होम टेक्सटायल अन्तर्राष्ट्रिय प्रदर्शनी हुने भएको छ । 

मिडिया स्पेस सोलुसन्स, फ्युचरेक्स ट्रेड फेयर इभेन्ट्स र एक्जिबिसन एण्ड ट्रेड सर्भिसेस इण्डियाको संयुक्त आयोजनामा माघ ४ देखि ५ गत सम्म मेला हुने भएको हो । 

प्रदर्शनीले नेपालमा भइरहेका काष्ठ वस्तु उत्पादन सम्बन्धि कार्यहरुमा पनि सकारात्मक भुमिका निर्वाह गर्ने आयोजकको विश्वास छ । फनिर्चर, प्लाइउड तथा काठ औजारका कम्पनी, ल्यामिनेट, विभिन्न कम्पनिका डिलर, सब डिलर र विक्रेताहरुले काठ व्यवसाय सँग सम्बन्धित उत्पादनहरुको बारेमा जानकारी गराउन प्रदर्शनी प्रभावकारी हुने विश्वास गरिएको छ । 

प्रदर्शनीमा फर्निचर, प्लाइवुड, ल्यामिनेट, होम टेक्सटायल, हार्डवेयर, काष्ठ सम्बन्धी मेसिनरी तथा औजार, फर्निसिङ, म्याट्रेस, कच्चा पदार्थ तथा उत्पादन समावेश छन् । मेलामा स्वदेशी तथा विदेशी गरी १ सय ५० भन्दा बढी प्रदर्शनी कक्ष रहनेछन् ।  

प्रतिक्रिया