आज देखि रवि लामिछाने सहित प्रतिवादी तर्फका वकिलले बहस गर्ने

काठमाडौं । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहित सात प्रतिवादीको थुनछेक बहस जारी छ । 

कास्की जिल्ला अदालतमा आज देखि लामिछाने सहितका प्रतिवादी पक्षका वकिलहरूले बहस गर्नेछन । बिहीबार जाहेरवाला सहकारी पीडित तर्फका वकिलहरुले बहस गरेका थिए भने मंगलबार र बुधबार सरकारी वकिलले बहस गरेका थिए । 

सरकारी वकिल र जाहेरवाला पक्षका वकिलहरूले लामिछाने सहित सातै जनालाई पुर्पक्षका लागि थुनामा पठाउन माग गरेका छन । आज प्रतिवादी तर्फ छबिलाल जोशी पक्षको अधिवक्ताहरूले बहस गर्नेछन् । त्यसपछि मात्र लामिछाने सहित अन्य प्रतिवादीका कानून व्यवसायीले बहस गर्ने तयारी भएको छ । 

लामिछानेका तर्फ बाट १५ जना, पूर्व डि.आइ.जी. जोशीका तर्फ बाट ६ जना, लिला पछाईंका १ जना र बाँकी प्रतिवादीका तर्फ बाट २÷२ जना कानून व्यवसायीले बहस गर्ने तय भएको छ ।  सूर्यदर्शन सहकारी ठगी आरोपमा पीडितले दिएको पूरक जाहेरीका आधारमा अहिले ७ जना विरूद्ध अदालत थुनछेक बहस चलिरहेको हो । 

प्रतिक्रिया