मुगुमा ४.४ रेक्टर स्केलको भूकम्प

काठमाडौं । शुक्रबार (आज) बिहान मुगुमा भूकम्प गएको छ। 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ८ बजेर ३ मिनेट जाँदा  ४.४ रिक्टर स्केलको भूकम्प गएको हो । 

केन्द्रका अनुसार बिहीबार अपराह्न पनि सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर ४.८ रिक्टर स्केलको कम्पन भएको थियो ।

यही पुस १६ गते पनि बैतडी केन्द्रविन्दु भएर ४.६ रिक्टर स्केलको भूकम्प गएको थियो ।  
 

प्रतिक्रिया