शेयर बजारमा दोहोरो अंकको सुधार, नेप्से १६ अंकले बढ्याे

आज सेयर बजारमा दोहोरो अंकको बृद्धि देखिएको छ । आज शेयर बजार परिसूचक नेप्से १६.२४ अंकले बजेर १ हजार ९ सय ८५ दशमलब ४३ अंकमा कायम भएको छ । परिसूचकका अलवा कारोबार रकम पनि बढेको छ । हिजो कुल ८७ करोड ४ लाखको कारोबार भएकोमा आज १ अर्ब १७ करोडको कारोबार भएको छ । । कारोबार रकमका आधारमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स, ओरियन्टल होटल, एनआईसी एसिया बैंक, माछापुच्छ्रे बैंक र शिवम् सिमेन्ट क्रमशः अगाडि रहे । आज शुभम् पावर, थ्रीस्टार हाइड्रोपावर र मेन्छियाम हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १० प्रतिशत, बलेफी हाइड्रोको ९.८ र अभियान लघुवित्तको मूल्य ९.७ प्रतिशत बढ्ेको छ । इमर्जिङ नेपालको मूल्य सबैभन्दा धेरै ८ प्रतिशत घटेको छ । आज १ सय ८२ कम्पनीको मूल्य बढेको छ भने ३६ को घटेको छ । १० वटा कम्पनीको मूल्य स्थिर छ ।

सुन तस्करी छानबीनका लागि उच्चस्तरीय जाँचबुझा आयोग गठन

पेट्रोलियम पदार्थमा गरिएको मूल्यबृद्धि फिर्ता
सहज ढंगले यातायात चल्ने बातावरण बनाउनुपर्छ: गृहमन्त्री श्रेष्ठ
यस वर्षको मदन पुरस्कार उपन्यास ’ऐँठन’लाई

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा भेटवार्ता

प्रतिक्रिया