महिला लिग फुटबलमा आज पुलिस क्लब र वालिङ भिड्ने
काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा आज (शुक्रबार) नेपाल पुलिस क्लब र वालिङ नगरपालिका भिड्नेछन् ।
खेल दिउँसो ३ बजे एन्फा मैदान, सातदोबाटोमा हुनेछ । बिहीबार बाट शुरु भएको दोस्रो चरणको महिला लिगमा शीर्ष पाँच टोली बीच प्रतिस्पर्धा भइरहेको छ ।
पहिलो चरणमा सहभागी १० मध्येका उत्कृष्ट पाँच टोलीले दोस्रो चरणमा सहभागिता जनाएका छन् । पहिलो चरणमा पाँचौं स्थान लिएको कोशी प्रदेशले आर्थिक अभावले लिग नखेलेपछि छैटौं भएको बागमती युथ क्लबले अवसर पाएको छ ।
बिहीबारको खेलमा बागमतीलाई त्रिभुवन आर्मी क्लबले २–० ले हरायो । राष्ट्रिय महिला लिगको दोस्रो चरणमा कुल २४ खेल हुनेछन् । २० खेलपछि चार टिमले प्लेअफमा स्थान बनाउने छन् ।
प्रतिक्रिया