वीरगञ्ज बाट धान चामल आयात बढ्यो
वीरगञ्ज । चालु आर्थिक वर्षको पाँच महिनामा वीरगञ्ज बाट धान चामलको आयात बढेको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार पाँच महिनामा ३ अर्ब ९३ करोड ६३ लाख २० हजारको धान आयात भएको छ ।
गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षमा धान आयात ६० दशमलव २८ प्रतिशतले बढेको छ । साथै राजस्व सङ्कलनको आधार पनि १ सय ४५ दशमलव २३ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको पाँच महिनामा २ अर्ब ४० करोड ३१ लख ६४ बराबरको धान आयात भएको थियो ।
चालु आर्थिक वर्षको पाँच महिनामा ९२ करोड ८० लाख ९० हजार मूल्य बराबरको ८८ लाख ६६ हजार पाँच सय ४० किलोग्राम चामल आयात भएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षमा चामल आयात ५४ दशमलव १२ प्रतिशत र राजस्व सङ्कलनको आधारमा २० दशमलव ८८ प्रतिशतले वृद्धि भएको छ ।
रासस
प्रतिक्रिया