गाजामा इजरायलले गरेको आक्रमणमा पूर्वप्रहरी प्रमुख सहित ११ जनाको मृत्यु

एजेन्सी । गाजामा इजरायलले बिहीवार गरेको हवाई आक्रमणमा पूर्वप्रहरी प्रमुख सहित ११ जनाको मृत्यु भएको छ । 

दक्षिणी गाजा पट्टीको खान युनुस शहरको पश्चिममा रहेको अल–मवासी क्षेत्रमा विस्थापित मानिसहरूको निवासमा बम प्रहार गर्दा ३ बालबालिका र २ महिला सहित ११ जनाको मृत्यु भएको गाजाको नागरिक सुरक्षा एजेन्सीले जनाएको हो । 

उक्त घटनामा परी  १५ जना घाइते भएका छन् । मारिनेहरूमा प्रहरी प्रमुख महमुद सलाह र उनका सहायक हुसाम शाहवान रहेको एजेन्सीका प्रवक्ता महमुद बासलले जानकारी दिएका छन् । 

इजरायली सेनाले घटना बारे अनुसन्धान गरिरहेको बताएको छ ।

प्रतिक्रिया