क्यानडाको कदमपछि भारतद्धारा पनि  क्यानडाका वरिष्ठ कूटनीतिज्ञलाई देश निकाला

भारतले क्यानडाका एक उच्च कूटनीतिज्ञलाई पाँच दिनभित्र देश छाड्न निर्देशन दिएको छ । भारतका लागि क्यानडाका राजदूतमार्फत आज यस्तो निर्देशन दिइएको हो । क्यानडाले एक खालिस्तानी अभियानकर्ता हरदीप सिंह निज्जरको हत्यामा भारत सरकार जोडिएको भन्दै रअका प्रमुख पवनकुमार राईलाई निष्कासन गरेको थियो । त्यसकै बदलास्वरूप भारतले उच्च क्यानडाली कूटनीतिज्ञलाई पाँच दिनभित्र देश छोड्न निर्देशन दिएको हो । भारतको विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले एक विज्ञप्ति जारी गर्दै पाँच दिनभित्र क्यानडाली उच्चायुक्तलाई देश छोड्न निर्देशन दिइएको जानकारी गराएका छन् । भारतले क्यानडाको आरोप अस्वीकार गरेको छ । यसअघि क्यानडेली प्रधानमन्त्री जस्टिन ट्रुडोले शिख नेता हर्दिप सिंह निज्जारको हत्यामा भारतीय संलग्नता रहेको हुनसक्ने बताएकै दिन ती कूटनीतिज्ञलाई नयाँ दिल्ली फिर्ता पठाइएको बताएका थिए । ट्रुडोले निज्जर हत्याको विषयमा आफूले भारतीय समकक्षी नरेन्द्र मोदीसँग पनि कुरा गरेको बताएका छन । क्यानेडेली नागरिक निज्जरलाई गत जुन १८ मा गोली प्रहार गरी हत्या गरिएको थियो ।  ब्रिटिस कोलम्बियाको सुर्रेमा रहेको गुरुद्धारा अगाडि निज्जरलाई गोली हानिएको थियो । निज्जरलाई खालिस्तान अभियानको नेतृत्वकर्ता मान्ने गरिएको थियो । भारतीय राज्य पंजाबलाई भिन्दै देश खालिस्तान बनाउनु पर्ने माग राख्दै विभिन्न समूहले अभियान चलाउँदै आएका छन् ।।
 

प्रतिक्रिया