पश्चिमी वायुको सामान्य प्रभाव, तराईमा हुस्सुको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको तथा तराईका धेरै स्थानमा हुस्सु लागेको छ । 

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा भागमा आंशिक देखि साधारणतया  बदली भएको छ भने मुलुकका बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहेको छ । 

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही बाँकी प्रदेशमा मौसम सफा रहने  छ । 

त्यसैगरी, शुक्रबार राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने  छ ।

शनिबार बिहान तराई तथा काठमाडौं उपत्यकाका धेरै  स्थानमा हुस्सु लाग्ने सम्भावना रहेको जनाउँदै विभागले त्यस बाट दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्नसक्ने भएकाले सतर्कता अपनाउन सम्बद्ध सबैमा अनुरोध गरेको छ ।
 

प्रतिक्रिया