झाराटारा किसिमले हुँदैन्, पार्टी चलाउन सिरियस बनौँ : प्रकाशमान सिंह

काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री तथा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले झाराटारा किसिमले नभएर पार्टी चलाउन सिरियस बन्नुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं १ ले  बिहीबार सय दिने अभियान अन्तर्गत आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीका आन्तरिक गतिविधि झाराटारा किसिमले गरेर नहुने भएकाले सिरियस बन्नुपर्ने बताएका हुन् ।  

पार्टीको संगठनलाई कागजी रूपमा मात्रै सीमित गर्न नहुने भन्दै उनले पार्टीलाई बलियो ढंगले अघि बढाउन सबै लाग्नुपर्नेमा जोड दिए । पार्टीभित्र असल संस्कार स्थापित गर्नुपर्ने भन्दै उनले अस्वस्थ संस्कारले कसैलाई फाइदा नगर्ने बताए । 

‘पार्टी केन्द्रले भन्यो, जिल्लाले सर्कुलर ग¥यो । गर्नुपर्ने भएको हुनाले कार्यक्रम गरेको भनेर भएन । झारा टारेर, आलटाल गरेर पार्टी चल्नेवाला छैन । सिरियस्ली लाग्नुपर्‍यो हामी सबै,’ उनले भने । 

प्रतिक्रिया