सत्तारूढ एमाले नै भन्छ : सरकारले पर्याप्त काम गरेन्, अझै डेलिभरी गर्नुपर्छ

काठमाडौं । सत्तारूढ दल नेकपा एमालेले सरकारले गरिरहेको काम पर्याप्त नभएको निष्कर्ष निकालेको छ । बिहबिार केन्द्रीय मुख्यालय च्यासलमा बसेको सचिवालय बैठकले सरकारले अपेक्षा अनुसार काम गर्न नसकेको निष्कर्ष निकालेको हो ।

बैठकपछि उमपहासचिव प्रदीपकुमार ज्ञवालीले भने, ‘यति (अहिले गरिरहेको काम) पर्याप्त छैनन, सरकारले अझ बढी पुस गरोस् । अझ बढी कामलाई तीव्रता दिओस् । दुई वटा दल र अरु पनि मिलेर बनेको शक्तिशाली सकारले अझ बढी डेलिभरी गर्नुपर्छ भनेर सुझाव दिएका छौं ।’

यद्यपि सरकारले ६ महिनाको अवधिमा उल्लेख्य काम गरेको एमालेको ठहर छ । ‘सरकारले केही महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ । तर थुप्रै कामहरु गर्न भने बाँकी रहेको छ,’ ज्ञवालीले भने, ‘ती बाँकी कामहरु छिटो सम्पन्न गर्न खासखरी डेलिभरीको पाटोमा, विकास निर्माणको पाटोमा, अर्थतन्त्रलाई अझ लयमा ल्याउने पाटोमा सरकारले अझ बढी ध्यान केन्द्रीत गर्नुपर्छ भन्ने विश्लेषण गरिएको छ ।’

बैठकमा सरकारले ठोस कामहरूबारे पनि छलफल भएको उनी बताउँछन् । सरकारको बनेको पहिलो दिन नै २२ सदस्यीय मन्त्रिपरिषद् गठन, नेपाली कांग्रेस र एमालेका बीचमा राजनीतिक संयन्त्र गठन गरेर राजनीतिक स्थायित्वको विश्वास दिलाउने काम भएको उनको भनाइ छ ।

प्रतिक्रिया