''एभिन्यूज एजेन्डा'' बहसको समापनमा कसले के भने ?
पोखरा । एभिन्यूज खबर टेलिभिजनले देशको बर्तमान अर्थतन्त्रको अवस्था र सुधारबारे सातै प्रदेशमा गरेको बहस र अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सातौं तथा अन्तिम दिनको कार्यक्रम आज गण्डकी प्रदेशको पोखरामा आयोजना गरिएको हो । कार्यक्रमा सहभागीहरुले अर्थतन्त्रका नीति सुधार नगरेसम्म अर्थतन्त्रमा तंग्रिन नसक्ने दाबी गरेका छन् । उनीहरुले सरकारले उत्पादन क्षेत्रलाई ध्यान नदिएको भन्दै उद्योग खोल्न, नविकरण गर्न र बन्द गर्न प्रक्रिया झन्झटिलो भएको बताए ।
कार्यक्रमा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मी, अर्थविद् अरुण सुवेदीले राजनीतिक अस्थिरताका कारण अर्थतन्त्र दवाव र प्रभावमा रहेको बताए । उनीहरुले व्यवसायीहरुमा निरासा, नैराश्यता रहेको उल्लेख गर्दै तीन खम्बे अर्थनीतिले काम नगर्ने औंल्याए । कर र बैंकिङ प्रणालीमा सुधार गर्न सके मात्र अर्थतन्त्र माथि उठ्ने जिकिर गरे । कार्यक्रमा नेपाल उद्योग वाणिज्य महासंघका, बरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले अर्थतन्त्र नाजुक अवस्थामा रहेको भन्दै तत्काल सुधार गर्न जरुरी रहेको बताए ।
उनले सरकारका मन्त्रीहरुले आफ्नो भूमिका निर्वाह गर्न नसक्दा अर्थतन्त्र धरासाही अवस्थामा पुगेको आरोप लगाए । कार्यक्रममा गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङले राजनीतिक अस्थिरताका कारण अर्थतन्त्र तंग्रिन नसकेको बताए । उनले ठूला दुई दल मिलेर सरकार बनाएकाले अर्थतन्त्र सुध्रिन सक्ने आशा पलाएको दाबी पनि गरे । कार्यक्रममा नीजि, सरकारी र सार्वजनिक बिभिन्न संघ संस्था र स्थानीय उद्योगी व्यवसायीको सहभागिता रहेको थियो ।
यसअघि एभिन्यूज खबरले सुदुरपश्चिमको धनगढी, कर्णालीको नेपालगञ्ज, लुम्बिनीको भैरहवा, बागमतीको चितवन, मधेशको वीरगञ्ज र कोशीको विराटनगरमा अर्थतन्त्रबारे बहस तथा अन्तरक्रिया कार्यक्रम गरेको थियो । एभिन्युज खवरले अर्थतन्त्र तीब्र दबाब र प्रभाब, अब निकास के ? भन्ने विषय एभिन्यूजले एजेण्डाको रुपमा सातै प्रदेशका अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो । अन्तरक्रियामा सहजकर्ताको भूमिकामा एभिन्यूज खबर टेलिभिजनका अध्यक्ष भाष्कर राज राजकर्णिकारले गरेका थिए । अन्तरक्रिया कार्यक्रममा नीजि, सरकारी र सार्वजनिक बिभिन्न संघ संस्था र स्थानीय उद्योगी व्यवसायीको उत्साहजनक सहभागिता रहेको थियो ।
प्रतिक्रिया