सचिनको निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख ब्यक्त,सामाजिक सञ्जालको भाइरल प्रवृत्तिले असर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बाल गायक सचिन परियारको निधन भएको खबरले धेरै दुःखी बनाएको बताएका छन् । 

प्रधानमन्त्री ओलीले सामाजिक संजाल मार्फत सचिनको निधनमा दुःख ब्यक्त गरेका हुन् । प्रधानमन्त्री ओलीले भनेका छन्–“ एकजना प्रतिभाशाली बालकमाथि पारिवारिक बेमेल र सामाजिक सञ्जालको भाइरल प्रवृत्तिले असर पुर्‍याएको यस घटनाले सामाजिक सम्बन्धका संवेदनशील विषयमा सजग भएर मात्र प्रतिक्रिया दिनु पर्छ भन्ने सबैलाई पाठ सिकाएको छ। ” सचिनको आज निधन भएको हो । 

प्रतिक्रिया