अध्यक्ष ओलीले केन्द्रीय समितिमा पेस गर्ने प्रतिवेदन सचिवालय बैठकबाट पारित
काठमाडौं । नेकपा एमालेको केन्द्रीय समिति बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पेस गर्ने राजनीतिक प्रतिवेदन बिहीबार बसेको एमाले सचिवालय बैठकबाट पारित भएको छ । एमालेको केन्द्रीय समिति बैठक पुस २१ र २२ गते बस्दैछ ।
उक्त बैठकका निम्ति पेस गर्नुपर्ने राजनीतिक प्रतिवेदनका मुख्यमुख्य विषयमा बैठकमा छलफल भएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी गराए । सो प्रतिवेदनमाथि आवश्यक छलफल गरेर प्रतिवेदन पारित गरेको उनको भनाइ छ । सचिवालयले पास गरेको प्रतिवेदन अध्यक्ष तथा प्रधानमन्त्री ओलीले केन्द्रीय समिति बैठकमा पेस गर्ने निर्णय भएको ज्ञवालीले बताए ।
राजनीतिक प्रतिवेदनमा देशको पछिल्लो राजनीतिक विषयको गम्भीर विवेचना गरिएको छ । यस्तै एमाले र कांग्रेसका बिचमा किन नयाँ सहकार्य गर्नुपर्यो र सरकार गठनयताको ६ महिनाको समीक्षासँगै सरकारले आगामी दिनमा गर्नुपर्ने कामका विषय पनि प्रतिवेदनमा विश्लेषण गरिएको ज्ञवालीले जानकारी दिए ।
प्रतिक्रिया