पर्यटन क्षेत्रको समृद्धिका लागि निजी क्षेत्र अघि बढ्नुपर्नेमा  :मन्त्री पाण्डेको जोड

काठमाडौं ।  संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन क्षेत्रको समृद्धिका लागि निजी क्षेत्र अघि बढ्नपर्ने बताएका छन्  ।

प्रतिनिधिसभाको अन्तर्राष्ट्रियसम्बन्ध र पर्यटन समितिको आजको बैठकमा मनत्री पाण्डेले पर्यटन क्षेत्रको विकासका लागि तीन तहको सरकारलाई जोड्न सरोकारवालाको दुई वटा बैठक सम्पन्न भइसकेको जानकारी दिए ।

मन्त्री पाण्डेले  पर्यटन संस्कृति नीति अन्तिम चरणमा रहेकोे र नागरिक उड्डयनसम्बन्धी विधेयक मन्त्रिपरिषद्ले पास गरिसकेको जानकारी गराए। मन्त्रालयका सचिव डा. गणेशप्रसाद पाण्डेयले मन्त्रालयका काम कारबाहीको बारेमा जानकारी गराउँदै पुँजी, प्रविधि, जनशक्तिको समितताले अपेक्षा अनुसारको काम गर्न नसकिएको उल्लेख गरे ।

समिति सभापति राजकिशोर यदवको अध्यक्षमा भएको बैठकमा पूर्व प्रधानमन्त्री एवं समिति सदस्य माधवकुमार नेपालले निजगढ अन्तर्रास्ट्रिय विमानस्थलको विकल्पमा अरू विकल्प हुन नसक्ने भन्दै निर्माणका लागि लगानी कर्ता खोज्न आग्रह गरे ।

सांसद प्रभू साहले निजगढ एयरपोर्टमा चासो नपुगेको  र मन्त्रालयको प्राथमिकतामा किन नपरेको भनी प्रश्न गरे । सांसद भीमप्रसाद आचार्यले  नेपालको आफ्नो हवाई जहाज नहुँदा ६० प्रतिशत पर्यटक विदेशी कम्पनीले लिने गरेको बताए । भैरहवा र पोखरा विमानस्थल चलाउनुपर्ने आचार्यको भनाई थियो ।

सांसद सुदन किरातीले पशुपति धर्मशालाको निर्णयको पुनःअधययन गर्ने निर्णय किन गरेको हो भनी मन्त्रीसँग प्रश्न गरे । किरातीले निजगढ विमानस्थल विस्तृत अध्ययन गरेर मात्र निर्माण गर्नुपर्ने उल्लेख गर्दै नभए विमानस्थल घाम तापेर बस्नुपर्ने अवस्था आउनसक्ने टिप्पणी गरे । 

सांसद सुनिता बरालले पर्यटन क्षेत्रमा भूकम्पपछि क्षति भएका सम्पदा कति सम्पन्न भए कति हुन बाँकी छन् जानकारी गराउन माग गरिन् । सांसद प्रेम सुवालले मन्त्रालयको बेरूजु किन फछर्याैट हुन सकेको भनी प्रश्न गरे । सांसद शिशिर खनालले हवाई क्षेत्रमा नियमाक निकाय र सेवा प्रदायक निकाय छुट्याउने विषयमा प्रगति राम्रो भएको उल्लेख गरे । सांसद योगेश गौचन थकालीले नेपालमा पर्यटन क्षेत्रमा रहेका झन्झटिला प्रक्रियालाई सरलीकरण बनाउनुपर्नेमा जोड दिए । 
 

प्रतिक्रिया