BREAKING:
सुन तस्करी छानबीनका लागि उच्चस्तरीय जाँचबुझा आयोग गठन पेट्रोलियम पदार्थमा गरिएको मूल्यबृद्धि फिर्ता सहज ढंगले यातायात चल्ने बातावरण बनाउनुपर्छ: गृहमन्त्री श्रेष्ठ यस वर्षको मदन पुरस्कार उपन्यास ’ऐँठन’लाई माल्दिभ्सको राष्ट्रपति निर्वाचनमा मोहोमद मुइजु निर्वाचित नेपाल विद्युत प्राधिकरणले पायो भारतमा पनि विद्युत् बिक्रीको अनुमति ला लिगामा बार्सिलोनाको जित, सर्जियो रामोसको आत्मघाती गोलका कारण सेभिया १–० ले पराजित अमेरिकाको न्युयोर्कमा शक्तिशाली आँधीपछि आपतकालीन अवस्थाको घोषणा, आँधीपछिको बाढीले सडक र विमानस्थल अस्तव्यस्त आजदेखि सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आरम्भ, सोह्र वटा तिथिमा दिवङ्गत पितृलाई तर्पण सुर्खेतको वीरेन्द्रनगरमा मोटरसाइकलको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु चीन र अमेरिका भ्रमण फलदायी भएको प्रधानमन्त्रीको दाबी सरकार र आन्दोलनरत् राहत शिक्षकबीच पाँच बुदे सहमति संसदीय समितिले दिएका निर्देशन कार्यान्वनयमा सरकारद्वारा अटेर चिकित्सकहरूलाई आन्दोलन फिर्ता लिन गृह सचिवको आग्रह यौनधन्दा बढदै गएपछि होटलका सञ्चालकविरुद्ध कारबाही शुरु पुराना दललाई चार वर्षभित्र सुध्रन रवि लामिछानेको सुझाव एमसीसी प्रमुख एलिस आइतबाट काठमाडौँ आउने अस्वस्थर खानपान र जीवनशैलीले मुटुरोगको जोखिम नेदरल्यान्ड्समा विद्यार्थीले गोली चलाउदा तीन जनाको मृत्यु कार्यस्थलमा सुरक्षाको माग गर्दै स्वास्थ्यकर्मीद्वारा आज पनि प्रदर्शन भारतीय सय रुपैयाँभन्दा ठुला दरका नोटको कारोबारमा प्रतिबन्ध चिकित्सा स्नातक तहका लागि कलेजहरुको सिट निर्धारण उपत्यकामा बढ्न थाले भाइरल ज्वरो र डेंगुका विरामी

पठनपाठन बन्द गरेर बुधबारदेखि आन्दोलन गर्ने शिक्षकको तयारी

देशभरका शिक्षकले विद्यालयमा पठनपाठन बन्द गरेर बुधबारदेखि आन्दोलनको तयारी गरेका छन् । सङ्घीय संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० को विरोधमा देशभरका १ लाख जना शिक्षक भोलि काठमाडौं आएर आन्दोलन गर्ने शिक्षक महासंघले चेतावनी दिएको हो । विधेयकमा शिक्षकलाई पालिका तहमा राख्ने विषयमा उनीहरुको सबैभन्दा ठूलो विरोध रहेको छ । विधेयक शिक्षकहरूको हकहित विपरीत भएको भन्दै महासङ्घले आन्दोलनको घोषणा गरेको हो । यसैबीच, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय बन्द र आन्दोलनका कार्यक्रम स्थगित गरेर वार्तामा आउन शिक्षकहरूलाई आग्रह गरेको छ ।मन्त्रालयका सहसचिव भगवान् अर्यालले विज्ञप्ति निकालेर  आज मङ्गलवार दिउँसो ३ बजे मन्त्रालयमा हुने वार्तामा आउन शिक्षकहरूलाई आग्रह गरेका हुन् । विधेयकलाई अन्तिम रुप दिनुअघि विभिन्न चरणमा छलफल भएको र महासंघले पेस गरेका विद्यालय शिक्षक तथा कर्मचारीको पेसागत हकहितसँग सम्बन्धित सुझावहरूलाई यथाशक्य विधेयकमा समावेश गरिएको विज्ञप्तिमा उल्लेख छ । तर शिक्षकहरु भने वार्तामा नबस्ने र भोली प्रदर्शन गर्ने अडानमा छन ।
 

प्रतिक्रिया