करेला खेतीमा रोङका किसान आकर्षित
इलाम । जिल्लाको रोङ गाउँपालिकाका किसान तितेकरेलाको खेती तर्फ आकर्षित भएका छन् । किसानले उत्पादन गरेका तितेकरेलालाई गाउँपालिकाले ‘ब्रान्डिङ’ गरेर बिक्री गरिदिन थालेपछि यहाँका किसान यस तर्फ आकर्षित भएका हुन् ।
रोङ–४ का रघुनाथ अर्यालका अनुसार गत वर्ष सम्म बजारको पहुँच नहुँदा घरमा उपभोग गर्नका लागि मात्र तितेकरेला लगाउने गरिएकामा पालिकाले बजारीकरण गर्न थालेपछि व्यावसायिक उत्पादन शुरु गरिएको हो । “अहिले पालिकाले सुकाएर करेलाको ब्रान्डिङ शुरु गरेको छ । बजारको चिन्ता केही नभए पछि व्यावसायिक उत्पादन शुरु गरेका छौँ”, उनले भने ।
अर्यालले यसवर्ष पाखाबारीमा करेलाको एक हजार बिरुवा रोपेको जानकारी दिए । “तरकारीका रूपमा बिक्री नभए पनि स्थानीय सरकारले किनि दिने भएपछि ढुक्क सँग खेती थालेका छौँ”, उनले भने । उनका अनुसार गाउँपालिकाका सबै वडाका अधिकांश किसान यो खेती तर्फ आकर्षित भएका छन् ।
गाउँपालिकाले करेलालाई सुकाएर सुकुटीका रूपमा प्रशोधन गरी बिक्री शुरु गरेको हो । “यस वर्ष बिक्रीका लागि दुई सय किलो सुख्खा तितेकरेला तयार छ”, गाउँपालिका अध्यक्ष मणिकुमार स्याङ्बोले भने, “यहाँका अधिकांश किसानले व्यावसायिक खेती शुरु गरेकाले अर्को वर्ष धेरै उत्पादन हुनेछ । एक पटकमा ५० हजार किलो काँचो करेला प्रशोधन गर्न सक्ने उद्योग निर्माण भइरहेको छ ।”
गाउँपालिकाका अध्यक्ष स्याङ्बोले बेमौसममा पनि उपभोक्ताको आवश्यकतालाई ध्यानमा राखेर तितेकरेलालाई सुकाएर प्याकेजिङ गरी बजारमा ल्याउने तयारी भइरहेको जानकारी दिए । करेलाको अध्ययन, अनुसन्धान गर्दा सफल भएपछि पालिकाले बजारीकरण थालेको उनको भनाइ छ ।
तितेकरेलालाई गुन्द्रुक सँग मोलेर अचारका रूपमा पनि खान सकिन्छ । प्याकेजिङ भएको तितेकरेलालाई तातोपानीमा १० मिनेट भिजाएर पुरानै स्वरूप तथा स्वादमा विभिन्न तरिकाले पकाएर खान सकिने किसान बताउँछन् ।
रोङ गाउँपालिकाका सबै स्थानमा उत्पादन गर्न सकिने करेला पालिकाले प्रशोधन गरेर बजारीकरणमा लागे पछि यसको खेतीमा किसानको उत्साह बढेको करेला खेती गर्दै आएका रोङ–३ प्यूरेका लल्मी लाप्चाले बताए ।
गाउँपालिकाले यस अघि रोङमा गुन्द्रुक, सिस्नो, बेसार, मह, चिया, कुचो लगायत कृषिजन्य वस्तुको ब्रान्डिङ गरी बजारीकरण गरिरहेको गाउँपालिकाका उपाध्यक्ष विष्णुमाया भुजेलले बताए । रोङको गुन्द्रुक र महको माग बजारमा बढी भएकाले माग अनुसार आपूर्ति गर्न कठिन भइरहेको उनको भनाइ छ ।
रासस
औद्योगिकीकरणको बाटो अङ्गीकार गर्नैपर्नेमा अध्यक्ष दाहालको जोड

बगरखेतीले फेरिँदै फाँटाका किसानको जीवनस्तर
झाडी फाँडेर १४० रोपनीमा ओखरखेती
_B9c0XM33ID_jdn0ww1zjz9xmodch87nd88dglqo6cfdxybjbqvldzots39uyqrdrvvmi6mv_hiasA5iaVK_ufo6ioufjysno7ccvfha3ad7114dicvtg2uubtgxz0llycumecnzkdafoitt.jpg)
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

म्याग्दीमा झाडी फाडेर सुन्तला बगान

केराका बोट सुक्न थालेपछि किसान चिन्तित
_G9KCROLXu6_drydeu1ia46xr9n7q6rn6ukvzco4pptmjecdqtecinfagh901lqztjdkze3k_Uh8xYsrUIu_ezcbhg93na6quuqr0uzwcbxe7xbdfrgf4mmfja1rnab1knjiu6zp6r2z6cqs.jpg)
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
_vPTwF5aHaj_lf4aes0mjve4q8ynzkiptw7snslvpxiwd5jfeqlkmzg7od9ki1nmngivlv1b_VUOwyifSEK_vpbbmvlwhnfvo3infejltqgvxafzbce6e5hx5rhzabni5qnwinwevqxvvgsl.jpg)
प्रतिक्रिया