BREAKING:
सुन तस्करी छानबीनका लागि उच्चस्तरीय जाँचबुझा आयोग गठन पेट्रोलियम पदार्थमा गरिएको मूल्यबृद्धि फिर्ता सहज ढंगले यातायात चल्ने बातावरण बनाउनुपर्छ: गृहमन्त्री श्रेष्ठ यस वर्षको मदन पुरस्कार उपन्यास ’ऐँठन’लाई माल्दिभ्सको राष्ट्रपति निर्वाचनमा मोहोमद मुइजु निर्वाचित नेपाल विद्युत प्राधिकरणले पायो भारतमा पनि विद्युत् बिक्रीको अनुमति ला लिगामा बार्सिलोनाको जित, सर्जियो रामोसको आत्मघाती गोलका कारण सेभिया १–० ले पराजित अमेरिकाको न्युयोर्कमा शक्तिशाली आँधीपछि आपतकालीन अवस्थाको घोषणा, आँधीपछिको बाढीले सडक र विमानस्थल अस्तव्यस्त आजदेखि सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आरम्भ, सोह्र वटा तिथिमा दिवङ्गत पितृलाई तर्पण सुर्खेतको वीरेन्द्रनगरमा मोटरसाइकलको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु चीन र अमेरिका भ्रमण फलदायी भएको प्रधानमन्त्रीको दाबी सरकार र आन्दोलनरत् राहत शिक्षकबीच पाँच बुदे सहमति संसदीय समितिले दिएका निर्देशन कार्यान्वनयमा सरकारद्वारा अटेर चिकित्सकहरूलाई आन्दोलन फिर्ता लिन गृह सचिवको आग्रह यौनधन्दा बढदै गएपछि होटलका सञ्चालकविरुद्ध कारबाही शुरु पुराना दललाई चार वर्षभित्र सुध्रन रवि लामिछानेको सुझाव एमसीसी प्रमुख एलिस आइतबाट काठमाडौँ आउने अस्वस्थर खानपान र जीवनशैलीले मुटुरोगको जोखिम नेदरल्यान्ड्समा विद्यार्थीले गोली चलाउदा तीन जनाको मृत्यु कार्यस्थलमा सुरक्षाको माग गर्दै स्वास्थ्यकर्मीद्वारा आज पनि प्रदर्शन भारतीय सय रुपैयाँभन्दा ठुला दरका नोटको कारोबारमा प्रतिबन्ध चिकित्सा स्नातक तहका लागि कलेजहरुको सिट निर्धारण उपत्यकामा बढ्न थाले भाइरल ज्वरो र डेंगुका विरामी

पाठेघरका क्यान्सरविरुद्धको खोप ‘एचपीभी’ अभियानको समयावधि थप

किशोरीलाई लगाइने पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपीभी’ अभियानको समयावधि थप गरिएको छ । खोप अभियान यही असोज ५ गतेसम्म सञ्चालन हुने स्वास्थ्य सेवा विभागले जनाएको हो । लक्षित किशोरीलाई खोप लगाउनका बाँकी रहेकाले समय थप गरिएको विभागले जनाएको छ । गत भदौ २९ गते बाल दिवस, भदौ ३० गते शनिवार र आइतबार असोज १ गते हरितालिका तीज लगातार बिदा परेकाले विद्यालय बन्दले गर्दा किशोरी खोप लगाउन न्यून संख्यामा आएको विभागले जनाएको छ । लक्षित किशोरीमध्ये ४० प्रतिशतले मात्रै हालसम्म खोप लगाएका छन । सरकारले पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको खोप ‘एचपीभी’ नौ हजार नौ सय ९९ किशोरीलाई लगाउने लक्ष्य राखिएको छ । गत भदौ २७ गते सात प्रदेशका सातवटै अस्पतालबाट १४ वर्ष उमेर पूरा भई १५ वर्ष नकटेका किशोरीलाई पाठेघरको मुखमा हुने क्यान्सरबाट बचाउनका लागि एचपीभी खोप ‘डेमोस्ट्रेसन’का रूपमा सञ्चालन गरिएको छ । कोशी अस्पताल, नारायणी अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान, भेरी अस्पताल, प्रादेशिक अस्पताल सुर्खेत र डडेल्धुरा अस्पतालमा एचपीभी खोप उपलब्ध रहेको छ । खोप पहिलो मात्रा दिइने र छ महिनापछि दोस्रो मात्रा दिइने छ । 

प्रतिक्रिया