बाँकेका किसान द्वारा ११ करोडको धान बिक्री
बाँके । बाँकेका किसानले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय नेपालगञ्जलाई करिब ११ करोड रुपैयाँको धान बिक्री गरेका छन् ।
गत कात्तिक २० गते देखि किसानको धान खरिद गर्न लागेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगञ्ज कार्यालयले पुस १६ गते सम्म किसानलाई ११ करोड ८२ लाख भुक्तानी गरी ३१ हजार ६९० दशमलव ९८ क्विन्टल धान खरिद गरिसकेको छ । धान बिक्री गर्न ६७३ किसानले स्थानीय तहको सिफारिस दर्ता गरेकामा अहिले सम्म ५६७ किसान सँग धान खरिद सकिएको छ ।
कम्पनीले एक किसान सँग ८० क्विन्टल सम्म धान खरिद गरेको छ । पुस १६ गतेसम्म मोटा धान सात हजार ४४९ दशमलव ०४ क्विन्टल र मध्यम धान २४ हजार २४१ दशमलव ९४ गरी ३१ हजार ६९० दशमलव ९८ क्विन्टल धान खरिद गरेको कम्पनीले जनाएको छ ।
यो वर्ष मोटा धानको तीन हजार ४१० रुपैयाँ ५१ पैसा र मध्यम धानको तीन हजार ५८० रुपैयाँ ६२ पैसा सरकारले तोकिदिएको न्यूनतम समर्थन मूल्यमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय नेपालगञ्जले किसान सँग धान खरिद गरिरहेको छ ।
औद्योगिकीकरणको बाटो अङ्गीकार गर्नैपर्नेमा अध्यक्ष दाहालको जोड

बगरखेतीले फेरिँदै फाँटाका किसानको जीवनस्तर
झाडी फाँडेर १४० रोपनीमा ओखरखेती
_B9c0XM33ID_jdn0ww1zjz9xmodch87nd88dglqo6cfdxybjbqvldzots39uyqrdrvvmi6mv_hiasA5iaVK_ufo6ioufjysno7ccvfha3ad7114dicvtg2uubtgxz0llycumecnzkdafoitt.jpg)
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

म्याग्दीमा झाडी फाडेर सुन्तला बगान

केराका बोट सुक्न थालेपछि किसान चिन्तित
_G9KCROLXu6_drydeu1ia46xr9n7q6rn6ukvzco4pptmjecdqtecinfagh901lqztjdkze3k_Uh8xYsrUIu_ezcbhg93na6quuqr0uzwcbxe7xbdfrgf4mmfja1rnab1knjiu6zp6r2z6cqs.jpg)
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
_vPTwF5aHaj_lf4aes0mjve4q8ynzkiptw7snslvpxiwd5jfeqlkmzg7od9ki1nmngivlv1b_VUOwyifSEK_vpbbmvlwhnfvo3infejltqgvxafzbce6e5hx5rhzabni5qnwinwevqxvvgsl.jpg)
प्रतिक्रिया