पत्रकारको पेसागत सुरक्षाका लागि प्रदेश सरकार प्रतिबद्ध’
सप्तरी । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले पत्रकारको पेसागत सुरक्षाका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
नेपाल पत्रकार महासङ्घ शाखा सप्तरीको नवनिर्वाचित पदाधिकारीहरूलाई प्रमाणपत्र वितरण एवं पदस्थापना कार्यक्रमलाई आज सम्बोधन गर्दै उनले मधेसमा कार्यरत पत्रकारका लागि रु एक लाखको स्वास्थ्य बिमा तथा रु सात लाखको दुर्घटना बिमासहित उच्च शिक्षाका लागि छात्रवृत्तिको व्यवस्था गरिएको बताए।
मुख्यमन्त्री सिंहले संविधानमा देखिएका त्रुटी संशोधन गरी अगाडि बढनुपर्नेमा जोड दिए । सोही कार्यक्रममा प्रदेश सांसद एंव पत्रकार महासङ्घ सप्तरीका पूर्वसहसचिव माला कर्णले पत्रकारिता जगत आवाज विहीनको आवाज भएकाले सधैँ पीडितको पक्षमा कलम चलाउन आग्रह गरे ।
गत मङ्सिर २८ गते सम्पन्न महासङ्घको निर्वाचनबाट अध्यक्ष पदमा श्रवणकुमार देवको अध्यक्षतामा १६ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको थियो । नव निर्वाचित पदाधिकारीलाई आज प्रमुख अतिथि मुख्यमन्त्री सिंह तथा निर्वाचन समितिका संयोजक प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झाले प्रमाणपत्र प्रदान गरे ।
प्रतिक्रिया