मलाई गरिएको कारबाही विधानसम्मत छैन : भीम रावल

काठमाडौं । नेकपा एमालेका पूर्व उपाध्यक्ष भीम रावलले पार्टीले साधारण सदस्यसमेत नरहने गरी आफूमाथि गरेको कारबाही दलको विधान, विधि र प्रक्रियाअनुरुप नरहेको जिकिर गरेका छन् ।

पार्टीबाट निस्कासित भएपछि  बुधबार पहिलोपटक पत्रकार सम्मेलन गर्दै एमालेका पूर्वउपाध्यक्ष रावलले भने, “आफूले मातृभूमि जागरण अभियान सञ्चालन गर्ने र त्यसक्रममा शुभचिन्तक, शुभेच्छु र आम जनताबाट प्राप्त सद्भाव र भावनाका आधारमा अघि बढ्नेछु ।” 

एमाले सचिवालय बैठकले रावललाई यही पुस १० गते साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निस्कासन गरेको छ । एमालेमा रहँदा रावलले सरकारको उपप्रधानमन्त्री, पर्यटन तथा नागरिक उड्डयन, गृह र रक्षामन्त्रीको जिम्मेवारी सम्हाल्ने अवसर समेत प्राप्त गरेका थिए । 

पार्टीभित्र आफूलाई राष्ट्रवादी नेता भन्न रुचाउने डा. रावल पार्टीको ११ औँ महाधिवेशनमा अध्यक्ष पदका प्रत्याशी थिए । विसं २०३२ मा सदस्यता लिएपछि देश, जनता, स्वाभिमान र सिद्धान्तप्रति इमान्दार भई पार्टीभित्र सम्हाल्दै आएको जिम्मेवारी र सामना गर्नुपरेका चुनौती लगायत विषय उनले  आज पत्रकार सम्मेलनमा सुनाएका थिए ।
 

प्रतिक्रिया