सर्वोच्चले सार्‍यो सांसद चौधरीको मुद्दाको फैसला

काठमाडौं । कैलाली–२ बाट निर्वाचित नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरीको योग्यतासम्बन्धी मुद्दाको निर्णय सुनाउने मिति सर्वोच्च अदालतले सारेको छ ।

सांसद चौधरीको योग्यतामाथि प्रश्न उठाई दायर रिट निवेदनमाथिको सुनुवाइपछि संवैधानिक इजलासले १७ पुसमा फैसला सुनाउने मिति तोकेको थियो । तर, आज सर्वोच्च अदालतले निर्णय सुनाउने मिति सारेको हो । 

निर्णय सुनाउने अर्को मिति सर्वोच्चले तोकिसकेको छैन । सांसद चौधरी प्रतिनिधिसभा सदस्य बन्न योग्य छन् वा छैनन् भन्ने विवादमा सुनुवाइ भने भइसकेको छ ।

अधिवक्ता बसन्त जोशीले उनी प्रतिनिधिसभा सदस्य बन्न योग्य नभएको भन्दै उनलाई निर्वाचित गर्ने निर्वाचन अधिकृतको निर्णय बदर गरेर फेरि निर्वाचन गराउनुपर्ने माग राखेका थिए ।

प्रतिक्रिया