BREAKING:
सुन तस्करी छानबीनका लागि उच्चस्तरीय जाँचबुझा आयोग गठन पेट्रोलियम पदार्थमा गरिएको मूल्यबृद्धि फिर्ता सहज ढंगले यातायात चल्ने बातावरण बनाउनुपर्छ: गृहमन्त्री श्रेष्ठ यस वर्षको मदन पुरस्कार उपन्यास ’ऐँठन’लाई माल्दिभ्सको राष्ट्रपति निर्वाचनमा मोहोमद मुइजु निर्वाचित नेपाल विद्युत प्राधिकरणले पायो भारतमा पनि विद्युत् बिक्रीको अनुमति ला लिगामा बार्सिलोनाको जित, सर्जियो रामोसको आत्मघाती गोलका कारण सेभिया १–० ले पराजित अमेरिकाको न्युयोर्कमा शक्तिशाली आँधीपछि आपतकालीन अवस्थाको घोषणा, आँधीपछिको बाढीले सडक र विमानस्थल अस्तव्यस्त आजदेखि सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आरम्भ, सोह्र वटा तिथिमा दिवङ्गत पितृलाई तर्पण सुर्खेतको वीरेन्द्रनगरमा मोटरसाइकलको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु चीन र अमेरिका भ्रमण फलदायी भएको प्रधानमन्त्रीको दाबी सरकार र आन्दोलनरत् राहत शिक्षकबीच पाँच बुदे सहमति संसदीय समितिले दिएका निर्देशन कार्यान्वनयमा सरकारद्वारा अटेर चिकित्सकहरूलाई आन्दोलन फिर्ता लिन गृह सचिवको आग्रह यौनधन्दा बढदै गएपछि होटलका सञ्चालकविरुद्ध कारबाही शुरु पुराना दललाई चार वर्षभित्र सुध्रन रवि लामिछानेको सुझाव एमसीसी प्रमुख एलिस आइतबाट काठमाडौँ आउने अस्वस्थर खानपान र जीवनशैलीले मुटुरोगको जोखिम नेदरल्यान्ड्समा विद्यार्थीले गोली चलाउदा तीन जनाको मृत्यु कार्यस्थलमा सुरक्षाको माग गर्दै स्वास्थ्यकर्मीद्वारा आज पनि प्रदर्शन भारतीय सय रुपैयाँभन्दा ठुला दरका नोटको कारोबारमा प्रतिबन्ध चिकित्सा स्नातक तहका लागि कलेजहरुको सिट निर्धारण उपत्यकामा बढ्न थाले भाइरल ज्वरो र डेंगुका विरामी

एमालेल नेम्वाङको स्मृतिमा सातवटै प्रदेशमा विचार गोष्ठी गर्दै

नेकपा एमालेले आ दिवंगत संविधान सभा अध्यक्ष सुवास नेम्वाङको स्मृतिमा सातवटै प्रदेशमाविचार गोष्ठी आयोजना गर्दै छ । एमालेले संविधान दिवसको पूर्वसन्ध्यामा ‘नेपालको संविधान निर्माणमा सुवासचन्द्र नेम्वाङ’ विषयक विचार गोष्ठीको आयोजना गर्न लागेको हो ।  पार्टी अध्यक्ष केपी ओलीले केन्द्रीय कार्यालय तुलसीलाल स्मृति प्रतिष्ठानको गोष्ठीलाई सम्बोधन गर्नेछन् । पार्टी कार्यालयमा हुने गोष्ठीमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला, एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, पूर्वसभामुख ओनसरी घर्ती, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन वक्ताका रूपमा छन् । त्यस्तै जनता समाजवादीका अध्यक्ष अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नेमकिपाका अध्यक्ष नारायणमान विजुक्छे, संविधानविद् नीलाम्वर आचार्यले सम्बोत्रन गर्नेछन ।  वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई मधेस प्रदेशको जिम्मा दिइएको छ । कोशी प्रदेशमा इलाममा रामबहादुर थापामा प्रमुख वक्ता छन । लुम्बिनी प्रदेशमा उपाध्यक्ष युवराज ज्ञवाली, गण्डकी प्रदेशमा अष्टलक्ष्मी शाक्य र सुदूरपश्चिम प्रदेशमा विष्णुप्रसाद पौडेललाई प्रमुख वक्ता तोकिएको छ । कर्णाली प्रदेशमा सुरेन्द्र पाण्डे प्रमुख वक्ताका रूपमा जाँदै छन । एमाले उपाध्यक्षसमेत रहेका नेम्वाङको अघिल्लो सोमबार निधन भएको थियो । 
 

प्रतिक्रिया