भीम रावलको पत्रकार सम्मेलन : ओलीमाथि प्रश्न र आरोपको वर्षा, यस्तो छ भावी योजना (पूर्णपाठ)

काठमाडौं । नेकपा एमालेबाट निष्काशित पूर्वउपाध्यक्ष डा. भीम रावलले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध प्रश्नको वर्षा गरेका छन् । बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा डा. रावलले ओलीलाई एकपछि अर्को प्रश्न गरेका हुन् ।

उनले आफ्नो प्रेस वक्तव्यको ३१ पाना प्रधानमन्त्रीसमेत रहेका ओलीविरुद्ध आलोचना र प्रश्न गर्न खर्चिए । एक पानामा उनले आफ्नो भावी योजना समेत प्रस्तुत गरेका छन् ।

एमालेमा झण्डै पाँच दशक सक्रिय रहेका रावललाई एमालेको गत बुधवार बसेको सचिवालय बैठकले पार्टी सदस्यता समेत नरहने गरी निष्काशन गरेको थियो ।  २०७८ सालमा चितवनमा भएको दशौँ महाधिवेशनमा अध्यक्षका लागि केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गरेका रावल त्यसयता पार्टीमा निष्किृयजस्तै बनेका थिए ।

रावलले मातृभूमि जागरण अभियान सञ्चालन गर्ने घोषणा गरेका छन् । अभियान सञ्चालनपछि सोही अभियानलाई राजनीतिक पार्टीको रूपमा विकास गर्ने रावलको भनाइ छ । ‘देशमा देशभक्तिपूर्ण राजनीतिक शक्ति अपरिहार्य आवश्यक छ । यसैका निम्ति हाम्रो पाइला अघि बढ्ने छ’, उनले भने ।

हेर्नुहोस् पूर्णपाठ

प्रतिक्रिया