मलाई सदस्यबाट हटाउने प्रस्ताव राख्दा विरोध गर्ने नेतालाई धन्यवाद : भीम रावल

काठमाडौं । नेकपा एमालेबाट निष्काशनमा परेका पूर्वउपाध्यक्ष भीम रावलले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको सचिवालय बैठकमा आफूलाई साधारण सदस्यबाट हटाउने प्रस्ताव राख्दा विरोध गर्ने ७ जना नेतालाई धन्यवाद दिएका छन् । 

बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘पार्टीको गरिमामाथि धब्बा नलागोस् भनि अभिव्यक्ति दिनुहुने स्थायी कमिटीका सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिलाई निलम्बन गरियो । मलाई पार्टीको सदस्यबाटै हटाइयो । केपी ओलीले कारबाहीको प्रस्ताव गर्दा त्यसको विरोध गर्ने ७ जना नेतालाई धन्यवाद ।’

रावललाई कारबाही र दुई नेतालाई निलम्बन गर्ने प्रस्ताव हुँदा नेताहरु अष्टलक्ष्मी शाक्य, प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, योगेश भट्टराईलगायतले विरोध गरेका थिए ।

प्रतिक्रिया