महाधिवेशनमा अध्यक्षको उम्मेदवार बन्दा विभेद गरियो : भीम रावल
काठमाडौं । एमालेबाट निष्काशनमा परेका पूर्वउपाध्यक्ष भीम रावलले अध्यक्ष केपी शर्मा ओलीेले चितवनमा भएको महाधिवेशनमा सत्ता र शक्तिको दुरुपयोग गरेर अध्यक्षको उम्मेदवार बन्दा आफूलाई विभेद गरेको बताएका छन् ।
पार्टीको महाधिवेशनका क्रममा चितवनमा आफूमाथि भएको कार्यको स्मरण गर्दै बुधबारको पत्रकार सम्मेलनमा उनले पार्टीकै केटाहरूलाई लगाएर आफू बसेको होटलमा नाराबाजी गर्न लगाइएको बताए ।
भन्छन्, ‘म आफ्नै व्यवस्थाले बसेको होटल बाहिर रक्सी खुवाएर केटाहरूलाई नाराबाजी गर्न लगाइयो । मेरो आग्रहमा सशस्त्र प्रहरीको टोलीले त्यहाँबाट धपायो ।’
यस्तै ओलीले महाधिवेशनको बेला चितवनमा वरियतामा तल भएका ४ जनालाई विशेष होटलमा बस्ने व्यवस्था गरेपनि आफूलाई सामान्य एउटा कोठामात्रै उपलब्ध गराएको बताए ।
प्रतिक्रिया