भीम रावल भन्छन् : मेरो ५१ वर्षको राजनीतिक जीवन समाप्त गर्न खोजियो

काठमाडौं । नेकपा एमालेबाट निष्काशित नेता डा. भीम रावलले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो ५१ वर्षको राजनीतिक जीवन समाप्त गर्न खोजेको बताएका छन् ।

बुधबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गर्दै रावलले सो कुरा बताएका हुन् । ‘मेरो ४९ वर्षको पार्टी सदस्यता खोस्ने र ५१ वर्षको राजनीतिक जीवन समाप्त गर्न खोज्ने, पार्टीले प्रतिक्रियावादी र देशद्रोही भनिएकाहरू भ्रष्ट, अनैतिक, विचौलिया र दलालहरूसँग साँठगाँठ गरी केपी ओलीले देशमा के सुशासन र समाजवाद ल्याउन खोजेको भनेर पत्याइदिनुपर्ने हो र ?,’ रावलको प्रश्न छ ।

एमालेबाट निष्काशित भएपछि रावलले आज पहिलोपटक पत्रकार सम्मेलन गरेका हुन् । उनले वर्तमान सरकारले भ्रष्टाचार काण्डहरूमा ठूला भनिएकाहरूलाई जोगाउने काम गरिरहेको आरोप पनि लगाए ।

‘सत्तामा हालीमुहाली गर्ने भनिएकाहरू नै हस्तक्षेप गर्ने उपकरण बनेका छन्,’ रावलले भने, ‘भाडाका सिपाही, श्रमीक, सुसारे, सेवक भएर विदेशमा पसिना बगाउन थुप्रै नेपाली बाध्य भइरहेका छन् ।’

प्रतिक्रिया