BREAKING:
सुन तस्करी छानबीनका लागि उच्चस्तरीय जाँचबुझा आयोग गठन पेट्रोलियम पदार्थमा गरिएको मूल्यबृद्धि फिर्ता सहज ढंगले यातायात चल्ने बातावरण बनाउनुपर्छ: गृहमन्त्री श्रेष्ठ यस वर्षको मदन पुरस्कार उपन्यास ’ऐँठन’लाई माल्दिभ्सको राष्ट्रपति निर्वाचनमा मोहोमद मुइजु निर्वाचित नेपाल विद्युत प्राधिकरणले पायो भारतमा पनि विद्युत् बिक्रीको अनुमति ला लिगामा बार्सिलोनाको जित, सर्जियो रामोसको आत्मघाती गोलका कारण सेभिया १–० ले पराजित अमेरिकाको न्युयोर्कमा शक्तिशाली आँधीपछि आपतकालीन अवस्थाको घोषणा, आँधीपछिको बाढीले सडक र विमानस्थल अस्तव्यस्त आजदेखि सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आरम्भ, सोह्र वटा तिथिमा दिवङ्गत पितृलाई तर्पण सुर्खेतको वीरेन्द्रनगरमा मोटरसाइकलको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु चीन र अमेरिका भ्रमण फलदायी भएको प्रधानमन्त्रीको दाबी सरकार र आन्दोलनरत् राहत शिक्षकबीच पाँच बुदे सहमति संसदीय समितिले दिएका निर्देशन कार्यान्वनयमा सरकारद्वारा अटेर चिकित्सकहरूलाई आन्दोलन फिर्ता लिन गृह सचिवको आग्रह यौनधन्दा बढदै गएपछि होटलका सञ्चालकविरुद्ध कारबाही शुरु पुराना दललाई चार वर्षभित्र सुध्रन रवि लामिछानेको सुझाव एमसीसी प्रमुख एलिस आइतबाट काठमाडौँ आउने अस्वस्थर खानपान र जीवनशैलीले मुटुरोगको जोखिम नेदरल्यान्ड्समा विद्यार्थीले गोली चलाउदा तीन जनाको मृत्यु कार्यस्थलमा सुरक्षाको माग गर्दै स्वास्थ्यकर्मीद्वारा आज पनि प्रदर्शन भारतीय सय रुपैयाँभन्दा ठुला दरका नोटको कारोबारमा प्रतिबन्ध चिकित्सा स्नातक तहका लागि कलेजहरुको सिट निर्धारण उपत्यकामा बढ्न थाले भाइरल ज्वरो र डेंगुका विरामी

क्यानडाद्वारा एकजना भारतीय कूटनीतिज्ञलाई देश निकाला

शिख नेता हर्दिप सिंहको हत्यामा सग्लन रहेको आरोप

क्यानडाले एक भारतीय कूटनीतिज्ञलाई देश निकाला गरेको छ । क्यानडाकी विदेशमन्त्री मेलाइनी जोलीले भारतीय कूटनीतिज्ञलाई देश निकाला गरिएको जानकारी दिएकी हुन । क्यानडाबाट निकालिएका भारतीय कूटनीतिज्ञबारे विस्तृत जानकारी दिइएको छैन । क्यानडेली प्रधानमन्त्री जस्टिन ट्रुडोले शिख नेता हर्दिप सिंह निज्जारको हत्यामा भारतीय संलग्नता रहेको हुनसक्ने बताएकै दिन ती कूटनीतिज्ञलाई नयाँ दिल्ली फिर्ता पठाइएको हो । प्रधानमन्त्री ट्रुडोले क्यानडेली संसद्लाई सम्बोधन गर्दै हत्यामा भारतीय संलग्नता रहेकोबारे आफूहरुले सूचना फेला पारेको बताएका थिए । ट्रुडोले निज्जर हत्याको विषयमा आफूले भारतीय समकक्षी नरेन्द्र मोदीसँग पनि कुरा गरेको बताएका छन । क्यानेडेली नागरिक निज्जरलाई गत जुन १८ मा गोली प्रहार गरी हत्या गरिएको थियो ।  ब्रिटिस कोलम्बियाको सुर्रेमा रहेको गुरुद्धारा अगाडि निज्जरलाई गोली हानिएको थियो । निज्जरलाई खालिस्तान अभियानको नेतृत्वकर्ता मान्ने गरिएको थियो ।  भारतीय राज्य पंजाबलाई भिन्दै देश खालिस्तान बनाउनु पर्ने माग राख्दै विभिन्न समूहले अभियान चलाउँदै आएका छन् । हत्या हुनुअघि निज्जरलाई पटक पटक धम्की दिइएको बताइएको छ । निज्जरले भारतीय भूमिमा सशस्त्र समूह परिचालन गरेको आरोप पनि भारतमाथि छ । यद्यपि यसअघि नै भारतले निज्जरको हत्यामा आफ्नो कुनै संलग्नता नरहेको प्रस्ट पारिसकेको छ ।

प्रतिक्रिया