सहकारी प्रकरण : रवि लगायतको मुद्दामा थुनछेक बहस आज पनि हुने

काठमाडौं । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका रा.स्व.पा. सभापति एवं गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वप्रबन्ध निर्देशक रवि लामिछाने सहितको थुनछेक बहस आज पनि हुने भएको छ । 

गोर्खा मिडियाकै पूर्वउपाध्यक्ष एवं पूर्व डी.आई.जी छविलाल जोशी लगायत ७ जनाको मुद्दामा जिल्ला अदालतमा थुनछेक बहस हिजो बााट शुुरु भएको हो । जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा लामिछाने, जोशीका साथै रामबहादुर खनाल, लीला पछाई, कृष्णबहादुर गुरुङ, मीना गुरुङ र आरती गुरुङको बयान सकिए पछि थुनछेक बहस शुुरु गरिएको हो । 

प्रतिवादी मध्ये आरती गुरुङको अन्तिम बयान मंगलबार सकिएको हो । त्यसपछि सातै जना प्रतिवादीका हकमा जिल्ला सरकारी वकिल कार्यालयका तर्फ बाट बहस श्ुरु भएको हो । पहिलो दिन कार्यालयकी सहायक जिल्ला न्यायाधिवक्ता द्वय शान्तिदेवी शर्मा र सुजाता पौडेलले बहस गरेका थिए । उनीहरूले प्रहरीको अनुसन्धान प्रतिवेदन, पोखरा महानगरपालिकाको वित्तीय विश्लेषण प्रतिवेदन, संसदीय छानबिन विशेष समितिको प्रतिवेदन समेतका आधार, कारण र प्रमाण बाट सातै जना प्रतिवादीलाई फौजदारी कार्यविधि संहिता बमोजिम पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गर्नुपर्ने तर्क गरेका छन् । 

जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले सहकारीको रकम अपचलनको आरोपमा रा.स्व.पा. सभापति लामिछाने सहित ४४ जना विरुद्ध मुद्दा दायर गरेको थियो । लामिछाने माथि सहकारी ठगी सँगै संगठित अपराध र सम्पत्ति शुद्धिकरण कसुरमा समेत मुद्दा दायर भएको छ । 

सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिले सम्म ६३ जना विरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरेको छ । लामिछाने सहित १९ जना विरुद्ध संगठित अपराधमा समेत मुद्दा चलाइएको छ ।

प्रतिक्रिया