च्याम्पियन्स लिग फुटबलमा समूह चरणका खेलहरु आजबाट सुरु

युरोपियन क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता युएफा च्याम्पियन्स लिगको समूह चरणका खेलहरु आजबाट सुरु हुँदैछन् । आज राती १२ बजेर ४५ मिनेटमा इंग्ल्याण्डमा हुने खेलमा साविक विजेता म्यान्चेस्टर सिटीले सर्वियाको रेडस्टार ब्रेलग्रेडको सामना गर्नेछ । बेलग्रेडविरुद्ध सिटी आफ्ना प्रमुख खेलाडीविनै मैदान उत्रिने भएको छ । सिटीको घरेलु मैदान इत्तिहाद रंगशालमा आज राति हुने खेलमा जोन स्टोन्स, ज्याक ग्रेलिस, माटियो कोभासिच र केभिन डि ब्रुयना हुने छैनन् । गत सिजन इटालीको इन्टर मिलानलाई १–० ले पराजित गर्दै सिटीले पहिलो पटक च्याम्पियन्स लिगको उपाधि उचालेको थियो । यो समुहको अर्को खेलमा स्विट्जरल्याण्डको योङ ब्वाइज र जर्मनीको आर.बी लाइप्जीग राती साढे दश बजे भिड्नेछन् । आजै हुने समुह ‘ई’ का खेलहरुमा नेदरल्याण्ड्सको फेयनुर्ड र स्कटल्याण्डको सेल्टीक तथा इटालीको लाजियो र स्पेनको एट्लेटिको मड्रिड भिड्नेछन् । समुह ‘एफ’ को खेलमा फ्रान्सको पेरिस सेन्ट जर्मेन ले जर्मनीको बोरुसिया डर्टमण्डको सामना गर्दैछ । यसैगरि समुह ‘एच’ मा स्पेनको बार्सिलोना र बेल्जीयामको रोयल एन्ट्रेप तथा युक्रेनको शख्तर डोनेट्स्क र पोर्चुगलको एफ.सी पोर्टाे भिड्नेछन् ।

सुन तस्करी छानबीनका लागि उच्चस्तरीय जाँचबुझा आयोग गठन

पेट्रोलियम पदार्थमा गरिएको मूल्यबृद्धि फिर्ता
सहज ढंगले यातायात चल्ने बातावरण बनाउनुपर्छ: गृहमन्त्री श्रेष्ठ
यस वर्षको मदन पुरस्कार उपन्यास ’ऐँठन’लाई

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा भेटवार्ता

प्रतिक्रिया