१८ वर्ष पछि सडक कालोपत्र गरिँदै

बागलुङ । बरेङ गाउँपालिका–२ हुग्दीशिर बाट गुल्मीको शान्तिपुर जोड्ने सडक ‘ट्रयाक’ खुलेको १८ वर्ष पछि कालोपत्र गर्न थालिएको छ । 

सडक कालोपत्र गर्न ८१ लाख ८५ हजार १ सय ९८ मा सम्झौता भएर काम थालिएको हो । आगामी वैशाख १५ गते सम्ममा काम सम्पन्न गर्नेगरी निर्माण कम्पनी सँग सम्झौता भएको छ । 

बरेङका अध्यक्ष कृष्णप्रसाद शर्माले पुरै सडक कालोपत्र गर्न गाउँपालिकाको स्रोत र साधानले नभ्याउँने भएकाले केन्द्र र प्रदेश सरकार सँग सहकार्य गरेर चरणबद्ध  रूपमा काम गर्ने बताए । 
रासस

प्रतिक्रिया