भव्य आतसबाजीका साथ नयाँ वर्ष २०२५ को विश्वभर स्वागत
एजेन्सी । अंग्रेजी वर्ष सन् २०२५ लाई विश्वभर स्वागत गरिएको छ । प्रशान्त महासागर स्थित टापु देश किरिबास नयाँ वर्ष २०२५ लाई स्वागत गर्ने विश्वकै पहिलो देश बनेको छ ।
किरिबास पछि न्युजिल्यान्डले पनि नयाँ वर्षलाई स्वागत गरेको छ । न्युजिल्यान्डको उत्तरी टापु स्थित अकल्यान्डमा भव्य आतसबाजी गरेर नयाँ वर्ष २०२५ को स्वागत गरेको अन्तर्राष्ट्रिय सत्तचार माभ्यमले जनाएका छन् ।
यस्तै, अस्ट्रेलियाको सिड्नीमा पनि भव्य आतसबाजीका साथ नयाँ वर्षको स्वागत गरिएको छ । सिड्नीका साथै क्यानबेरा तथा मेलबर्न मासमेत नयाँ वर्षको स्वागत गर्दै उत्सव मनाइएको छ । जापान र दक्षिण कोरियाले पनि नयाँ वर्षको स्वागत गरेका छन ।
यस्तै, भारत र नेपालमा पनि मंगलबार मध्य राति अंग्रेजी नयाँ वर्षको स्वागत गरिएको छ । जापानमा रातिको १२ बजे देशभरका बौद्ध गुम्बाहरुमा घण्टी बजाइएको छ । दक्षिण कोरियाको राजधानी सोल र उत्तर कोरियाको राजधानी प्योङ्गयाङ्गमा हजारौँ मानिस भेला भएर नयाँ वर्षको स्वागत गरेका छन् ।
मध्य पूर्व एसिया र युरोपियन मुलुकहरुले पनि नयाँ वर्ष स्वागत गरेका छन् । लन्डन र फ्रान्समा भव्य आतिशबाजीका साथ नयाँ वर्ष उत्सव मनाइएको समाचारमा उल्लेख छ ।
प्रतिक्रिया