आज देखि नयाँ वर्ष इस्वी संवत् २०२५ शुरु
काठमाडौं । ग्रेगोरियन पात्रो अनुसार आज देखि नयाँ वर्ष इस्वी संवत् २०२५ शुरु भएको छ ।
जिजस क्राइस्टलाई फाँसी दिए पछि इस्वी संवतको शुरुवात भएको मान्यता छ । पोप ग्रेगोरियनले जुलियन पात्रो अनुसारको संवत्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ ।
जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए । विवादकै कारण यो पात्रो रसियाले २०० वर्ष पछि मात्र प्रचलनमा ल्याएको पूर्वप्रशासक एवं ज्योतिषाचार्य डा. खिलानाथ बस्ताकोटी बताउछन् ।
विवाद भए पनि उपनिवेशकालमा विभिन्न स्थानमा यो संवत् लादेकाले हाल यसको विश्वव्यापी प्रचार छ । यो संवत् नेपालमा प्रचलनमा नभए पनि भ्रमणमा आउने विदेशीले यसको प्रयोग गर्छन् । केही वर्ष अघि देखि नेपालका विभिन्न स्थानमा इस्वी संवत् मनाउने गरिएको छ ।
विदेशी पर्यटकको भीडभाड हुने काठमाडौंको ठमेल, बौद्ध, पोखरा, सौराहा, लुम्बिनी लगायत स्थानमा ‘न्यू इयर इभ’ का नाममा यो संवत् मनाइन्छ ।
मङ्गलबार बेलुकी देखि नै राजधानीको ठमेल, बौद्ध, स्वयम्भू, नयाँ सडक लगायत क्षेत्रमा विशेष चहलपहल देखिएको थियो ।
प्रतिक्रिया