न्यायाधीस विदामा बसेकाले सन्दीपविरुद्ध मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज पनि स्थगित भएको छ । नाबालिका बलात्कारको आरोप लागेका लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज पनि स्थगित भएको हो । सन्दीपको मुद्दा केशव घिमिरेको इजलासमा तय भएपनि उनी बिदामा भएका कारण आजको सुनुवाइ स्थगित भएको बताइएको छ । जिल्ला अदालत काठमाण्डुका केही न्यायाधीश बढुवा भएर जान लागेको, केहीको सरुवा भएको र केही तीजको कारण विदामा रहेकाले सुनुवाइ स्थगित भएको जनाइएको छ । अर्को सुनुवाईको मिति तोकिएको छैन । यसअघि पटकपटक पेसी चढेर पनि अन्तिम बहस हुन नसक्दा मुद्दाले किनारा पाउन सकेको छैन । यसअघि गत २१ भदौमा पछिल्लो पटक सन्दीपको पेसी रहेको थियो । सो दिन न्यायाधीश शकुन्तला कार्कीको इजलासमा वादीपक्षले दिनभर बहस गरेपछि उनले बसाइँसराइको कागजको ढड्डा झिकाउन आदेश दिएकी थिइन् । सो आदेश अनुसारको ढड्डा अदालतमा आइसकेको छ । सन्दीपको मुद्दालाई चाँडो किनारा लगाउन सर्वोच्चले १५ फागुनमा नै निर्देशात्मक आदेश गरेको थियो । तर न्यायाधीशहरूले पुरानै कागजात प्रमाणीकरणमा निरन्तर अन्तिम सुनुवाइ टार्दै आएको भन्दै प्रश्न समेत उठदै आएको छ । काठमाडौं जिल्ला अदालतलाई शीघ्र सुनुवाइ तथा निरन्तर सुनुवाइ का प्रक्रिया अवलम्बन गरी छिटो कारबाही किनारा गर्नू भनी आदेश दिएको पाँच महिना बितिसक्दा पनि मुद्दाले किनारा पाउन सकेको छैन ।।
योगराज ढकालको कैद मिनाहविरुद्ध अनसन थालेकी भारती अदालत परिसरमै ढलिन्

अर्थमन्त्री महत र एमसीसी प्रमुख अलब्राइटबीच शिष्टाचार भेटवार्ता

सामाजिक सदभाव बिग्रिने कुनै पनि सामग्री सामाजिक सञ्जालमा नराख्न बाँके प्रशासन…
हामी विपन्न, गरिब, सीमान्तकृत समुदायको पक्षमा छौं: नेपाल

कृत्रिम अभाव सिर्जना गरी मूल्यवृद्धि गर्ने व्यापारीलाई कडा कारबाही हुने

बझाङमा मंगलबार यता एघार पटक भुकम्पको धक्का महसुस

प्रतिक्रिया