पेट्रोल र डिजेलको मूल्य बढ्यो, कहाँ कति पुग्यो ?
काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ । नेपाल आयल निगमको सञ्चालक समितिले आज राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।
निगमका अनुसार पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ र डिजेलमा २ रुपैयाँले मूल्य बढाइएको छ । त्यस्तै, हवाई इन्धन आन्तरिकतर्फ २ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ १५ रुपैयाँले मूल्य घटाइएको छ । नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य अब काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा लिटरको १ सय ६३ रुपैयाँ पर्छ ।
सुर्खेत र दाङ क्षेत्रमा १ सय ६२ र अरु क्षेत्रमा १ सय ६० रुपैयाँ ५० पैसा पर्नेछ । यस्तै डिजेलको मूल्य काठमाडौं र दिपायल क्षेत्रमा लिटरको १ सय ५३ रुपैयाँ पर्नेछ । सुर्खेत र दाङ क्षेत्रमा १ सय ५२ रुपैयाँ र अरु क्षेत्रमा १ सय ५० रुपैयाँ ५० पैसा पर्नेछ ।
प्रतिक्रिया