आगामी निर्वाचनसम्म सरकार दायाँबायाँ हुँदैन् : महामन्त्री थापा
मकवानपुर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकार ढल्छ र टिक्दैन भन्ने कुरामा सत्यता नरहेको बिफ्रिङ गरेका छन् ।
४९ औँ मेलमिलाप तथा राष्ट्रिय एकता दिवसको अवसरमा नेपाली कांग्रेस मकवानपुरको आयोजनामा हेटौंडामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले आगामी निर्वाचनसम्म सरकार दायाँबायाँ नहुने बताएका हुन् ।
महामन्त्री थापाले कांग्रेसमाथि चौतर्फी घेराबन्दी रहेको बताए । कांग्रेस कमजोर बनाउन गठबन्धन र साझेदारी बाहिरबाट घेराबन्दी भइरहेको उनी बताउँछन् ।
कांग्रेस विचार र सिद्धान्तमा टिकेको पार्टी भएको बताउँदै उनले पटकपटक देशलाई निकास दिँदै आएको कांग्रेसले तत्कालको फाइदा भन्दा पनि संविधान पालनालाई प्राथमिकतामा राखेको बताए ।
साथै महामन्त्री थापाले कांग्रेस अन्य दलहरूको जस्तो मिसन २०८४ को एजेण्डामा नरहेको र राष्ट्रको समस्या हल गर्ने कांग्रेसको भूमिका रहनुपर्ने उल्लेख गरे ।
प्रतिक्रिया