नेपालमै पहिलो पटक स्तन क्यान्सरको सफल वंशाणुगत परीक्षण

काठमाडौं । नेपालमै पहिलोपटक स्तन क्यान्सरको वंशाणुगत परीक्षण ‘जिन सिक्वेन्सिङ’ सफल भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा यसको परीक्षण सफल भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको हो ।
मन्त्रालयका अनुसार अबदेखि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा स्तन क्यान्सरको वंशाणुगत परीक्षण गरिनेछ । यसअघि यस्तो परीक्षणका निम्ति नमूना भारत पठाउनुपर्ने बाध्यता थियो । प्रयोगशालाले रगत र टिस्युबाट यस्तो नमूना परीक्षण गर्ने जनाइएको छ । योसँगै प्रयोगशालाले क्यान्सरसम्बन्धी चार थरीका नमूना परीक्षण नियमित गर्नेछ ।
भारतमा स्तन क्यान्सरको वंशानुगत नमूना परीक्षणका लागि रु ६० हजार लाग्ने गरेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा यो परीक्षण रु ३० हजारमा हुने स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीको निजी सचिवालयले जनाएको छ ।
कैलालीमा विपन्न परिवारका लागि निःशुल्क शववाहन र अन्त्येष्टि खर्च
कुमारी सहकारी हिनामिना प्रकरण : प्रहरी द्वारा अनुसन्धान शुरु

महाकुम्भ मेलामा हाल सम्म ४२ करोड तीर्थयात्री सहभागी
जलविद्युतको शेयर मार्फत विपन्न समुदायको जीवनस्तर उकास्नुपर्छ : मन्त्री खड्का

जनयुद्धको स्मरण गर्दै प्रचण्डले भने– यो पनि समाजवादी क्रान्तिको सङ्कल्प हो
टर्कीएमा विषाक्त मदिरा सेवनले ३३ जनाको मृत्युु
सार्वजनिक जग्गामा बनाइएको संरचना हटाइयो

प्रतिक्रिया