विदेशमा रहेका नेपालीहरुलाई मतदानको व्यवस्था गरिन्छ: प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहालले विदेशमा रहेका नेपालीहरुलाई मतदानको व्यवस्था गरिने बताएका छन । संयुक्त राष्ट्र संघको ७८ औं महासभामा सहभागि हुन न्यूयोर्क पुगेका प्रधानमन्त्री दाहालले पत्रकारहरुसँगको भेटमा यस्तो बताएका हुन । उनले विदेशमा रहेका नेपाली नागरिकहरुलाई मतदानको व्यवस्था मिलाउन निर्वाचन आयोगलाई निर्देशन दिएको जानकारी दिंदै कसैलाई पनि मतदानको अधिकारबाट बञ्चित हुन नदिने बताए । उनले सामाजिक सञ्जालको दुरुपयोग बढेकोप्रति सरकार गम्भीर भएको भन्दै अव त्यसको नियमनका लागि विशेष पहल गर्नेपनि बताए । प्रधानमन्त्री दाहालले सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि जस्तो सुकै कदम चाल्न पनि तयार रहेको बताए । उनले सरकारले गरेका राम्रा र सकारात्मक कुराहरुलाई भन्दा पनि कसरी बदनाम गर्न सकिन्छ भन्ने गिरोह सक्रिय रहेको आरोप लगाए । प्रधानमन्त्री दाहालले पार्टी पंतिको उपल्लो तहमै केहि समस्या देखिएको भन्दै अव त्यसलाई सच्याएर जानुको विकल्प नरहेको बताए ।

भेप सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ

गंगादेव गाउँपालिकाका तत्कालीन उपाध्यक्षसहित १३ जनाविरूद्ध मुद्दा दायर
टिस्टा नदीमा आएको बाढीमा परी २३ सैनिक बेपत्ता
योगराज ढकालको कैद मिनाहविरुद्ध अनसन थालेकी भारती अदालत परिसरमै ढलिन्

अर्थमन्त्री महत र एमसीसी प्रमुख अलब्राइटबीच शिष्टाचार भेटवार्ता

सामाजिक सदभाव बिग्रिने कुनै पनि सामग्री सामाजिक सञ्जालमा नराख्न बाँके प्रशासन…
हामी विपन्न, गरिब, सीमान्तकृत समुदायको पक्षमा छौं: नेपाल

प्रतिक्रिया