जनकपुरधाममा मांसमदिरा बेच्नेलाई कारबाही गर्ने मुख्यमन्त्री सिंहको चेतावनी

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधामको परिक्रमा सडक भित्र मांसमदिराको उत्पादन, बिक्री र उपभोग निषेध सम्बन्धी प्रावधान पालना नगर्नेलाई कारबाही गर्ने चेतावनी दिएका छन् । 

मुख्यमन्त्री सिंहले आज जनकपुरधाममा सञ्चारकर्मीहरू सँगको भेटमा जनकपुरधामको धार्मिक,सांस्कृतिक परम्परा र गरिमालाई अक्षुण्ण राख्न मांसमदिराको उत्पादन, बिक्री र उपभोग नगर्न जनकपुरवासीलाई आह्वान गरेका छन् । 

जनकपुरधामवासीलाई परिक्रमा सडक भित्र निषेधित व्यवहार नगर्न अनुरोध गर्दै मुख्यमन्त्रीले मांसमदिरा निषेध सम्बन्धी व्यवस्था कडाइका साथ कार्यान्वयन गर्न सम्बद्ध निकायलाई  अनुरोध गरे । 

नियम पालना नगरे कारबाहीको दायरामा ल्याउनु पर्नेमा पनि उनले जोड दिए । 
    
    

प्रतिक्रिया