लिबियामा बाढीमा मृत्यु भएकाको शव पूर्ण संकलन नहुँदा स्वास्थ्य महामारी आउनसक्ने चेतावनी

 

लिबियामा एक साताअघिको विनाशकारी बाढीले मृत्यु भएकाको शव अझै पूर्ण रूपमा संकलन भइनसकेकाले यसले स्वास्थ्य महामारीको संकट ल्याउन सक्ने उद्धारकर्ताले चेतावनी दिएका छन रु। बाढीले मुख्य क्षति पु¥याएको पूर्वी सहर डेर्नामा अझै आवासीय क्षेत्रका हिलोमा शवहरू रहेको र ती क्षेत्र खाली नगरे स्वास्थ्य समस्या देखिन थाल्ने चेतावनी दिइएको हो । सो सहरमा अझै १० हजार १ सय जना बेपत्ता छन ।  हराएकाहरु जिवित नै उद्धार हुने सम्भावना कम भएकाले खोजीकर्ताहरूले शव संकलनका लागि भवनका भग्नावशेष र समुद्री क्षेत्रमा खोजबिन गरिरहेका छनरु। समुद्री तट क्षेत्रमा नै संकलन गरिएको शवहरूलाई राखिएको छरु। बाढीले डेर्ना सहरमा मात्र मृत्यु हुनेको संख्या ११ हजार ३ सय पुगेको संयुक्त राष्ट्रसंघले जनाएको छरु। ड्यानियल नामको आँधीपछि भारी वर्षाका कारण बाँध फुट्दा ‘सुनामी’ जसरी बाढी डेर्नामा पसेर क्षति गरेको हो । बाढीका कारण सहरको एक चौथाइ भाग ध्वस्त भएको छरु।एक साताअघिको विनाशकारी घटनाबाट ४० हजारभन्दा नागरिक पूर्वोत्तर क्षेत्रमा विस्थापित भएका छन । बाढी बीचबाट प्रवेश गर्दा डेर्ना सहर पनि दुई भागमा विभाजित भएको छरु। घटना हुनुअघि यहाँको जनसंख्या १ लाख रहेको बताइएको छरु। बाढीले सहरको ९ सय भवनमा क्षति पु¥याएको छ । 
 

प्रतिक्रिया