दक्षिण कोरियाका निलम्बित राष्ट्रपति विरुद्ध पक्राउ पुर्जी जारी
एजेन्सी । दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युन सुक योल विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
सियोल पश्चिमी जिल्ला अदालतले निलम्बित राष्ट्रपति योल विरुद्ध आज(मंगलबार) पक्राउ पुर्जी जारी गरेको हो । दक्षिण कोरियामा पहिलो पटक राष्ट्रपति विरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार उच्च पदस्थ अधिकारिको छानबिनका लागि रहेको भ्रष्टाचार अनुसन्धान कार्यालयको अनुरोधमा अदालतले निलम्बित राष्ट्रपति विरुद्ध पक्राउ पुर्जी जारी गरिएको हो । गत डिसेम्बर ३ मा अप्रत्याशित रुपमा देशको नाममा सम्बोधन गर्दै राष्ट्रपति योलले गर्दै छोटो अवधिको सैन्य कानुन अर्थात् ‘मार्शल ल’ घोषणा गरेका थिए । ६ घण्टाको अन्तरालमा उनले आफ्नो घोषणा फिर्ता लिए पनि उनी विरुद्ध छानविन भैरहेको छ ।
संसदमा राष्ट्रपतिको कदम विरुद्ध ल्याएको महाभियोगको प्रस्तावमा सत्ता पक्षको समर्थनमा पारित भए पछि राष्ट्रपति योल निलम्बित छन् । उनको मुद्दा संवैधानिक अदालतमा विचाराधीन छ । छानबिन र सोधपुछका लागि अदालतमा उपस्थित हुन भने पनि तीन पटक सम्म नगएपछि अनुसन्धानमा बाधा पुगेको भन्दै छानबिनको दायरामा ल्याइ अनुसन्धान गर्न भ्रष्टाचार अनुसन्धान कार्यालयले अदालतलाई पक्राउ पुर्जी जारी गर्न आग्रह गरेको हो ।
राष्ट्रपतिले आफ्नो कार्यालयमा प्रहरीलाई छापा मार्न समेत नदिए पछि भ्रष्टाचार कार्यालयले यस्तो कदम उठाएको बताइएको छ । युनलाई पुनस्र्थापित गर्ने वा उनलाई पद बाट स्थायी रूपमा हटाउने भन्ने बारेमा संवैधानिक अदालतको हातमा रहेको समाचारमा उललेख छ ।
प्रतिक्रिया